Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

रसुवाबाट अन्दाजी एक किलो सुन बरामद

प्रहरीले अन्दाजी एक किलो सुन बरामद गरेको छ।

शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले रसुवाबाट अन्दाजी एक किलो सुन बरामद गरेको स्रोतले बतायो।

यसमा प्रहरीले केही व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गर्न बाँकी रहेको भन्दै सिआइबीले परिचय खुलाएको छैन।

सिआइबीले नै केही दिन अघि मात्रै दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो। त्यसमा पनि केही व्यक्तिहरू पक्राउ परेका थिए।

The web

The web

यसरी सुन भित्र्याउने समूह पनि हङकङबाट भेप र ब्रेकशुभित्र राखेर ल्याउने नै हुनसक्ने भन्दै सिआइबीले अनुसन्धान गरिरहेको छ।

६० किलो ७१६ ग्राम सुन भित्र्याएको मुद्दा अहिले अदालतमा छ। यस मुद्दामा अहिले थुनछेक बहस जारी छ।