Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

संघ र प्रदेशमा सांसदको संख्या आधा घटाए हुन्छ: अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संघ र प्रदेशमा सांसदको संख्या घटाउनुपर्ने बताएका छन्।

उनले समानुपातिक निर्वाचन प्रणाली अहिलेको जस्तो राख्न नहुने बताए। नेताका वरिपरिका र पार्टीलाई पैसा दिनेहरू समानुपातिक प्रणालीबाट सांसद बनेको उनको आरोप छ।

कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार राष्ट्रिय सभा गृहमा गरेको कार्यक्रममा बोल्दै केसीले भने, ‘संविधानमा ठूलो परिवर्तनको आवश्यकता छ, जबसम्म समानुपातिक भन्ने भेटी चढाएका भरले सांसद हुने प्रवृत्ति रहन्छ तबसम्म पार्टी बन्दैन।’

उनले संघीय संसद र प्रदेशहरूमा यति ठूलो संख्यामा सांसद आवश्यक नपर्ने बताए।

‘यति ठूलो संख्यामा सांसदहरू रहने संघ र प्रदेश सभा चाहिँदैन,’ उनले भने, ‘सबैमा आधा-आधा गराए हुन्छ।’

The web

The web

उनले समानुपातिकलाई राष्ट्रिय सभामा लैजान सकिने पनि बताए।

उनले पार्टी विधान पनि परिमार्जन गरिनुपर्ने बताए। ‘सामूहिक नेतृत्व हुँदाहुँदै सभापतिले जे भन्यो त्यही हुने भने सभापति पद्धतीमा जाऔं, क्रियाशील सदस्यबाट सभापति चुनौं,’ उनले भने।

उनले कांग्रेसलाई रूपान्तरण गर्नुपर्ने बेला आएको बताए।