Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

सप्तरीबाट १ सय वटा वाकीटकी बरामद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१४ असोज, काठमाडौं । सशस्त्र प्रहरीले चोरीपैठारीका १०० वटा वाकीटकी सेट सप्तरीबाट बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ८ लाख रुपैयाँ बराबरको वाकीटकी सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट बरामद गरेको हो ।

सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न नसकेको उनले बताए ।