Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

सरकारलाई माओवादी केन्द्रले भन्यो– चाडबाडको बेला उपभोक्तालाई राहत देऊ

माओवादी केन्द्रका उपमहासचिव एवम् बागमती प्रदेश समिति इञ्चार्ज जनार्दन शर्मा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले चाडपर्वको बेला बढेको महँगीमा उपभोक्तालाई राहत र सुविधा दिन सरकारको ध्यानाकर्षण गराएको छ । बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय समितिको आइतबार बसेको संयुक्त बैठकले महँगीको मारमा परेका जनतालाई राहत तथा सुविधा दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

नेपाल आयल निगमले खाना पकाउने ग्यास, डिजेल, मट्टीतेल र पेट्रोलमा गएरातिदेखि लागु हुने गरी अत्यधिक मूल्य वृद्धि गरेपछि सरकारको आलोचना भइरहेको बेला बागमती प्रदेश कमिटीका इन्चार्ज जनार्दन शर्माले तीन वटा कमिटीको संयुक्त बैठक बोलाएका थिए । बबरमहलस्थित बागमती प्रदेश कमिटीको कार्यालयमा बसेको बैठकमा सहभागीहरुले पेट्रोलियम पदार्थको बेला भएको मूल्यवृद्धिको फिर्ता लिन पहल गर्नुपर्ने धारणा राखेका थिए । आजै बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिने निर्णय गरेको छ ।

माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका नेता शर्माले महँगीमा राहत दिनुका साथै हवाई र सडक यातायातको टिकटमा सहजीकरणको लागि पनि सरकारको आग्रह गर्ने निर्णय पार्टीका तीन कमिटीको संयुक्त बैठकले गरेको छ ।

यसैगरी दशैं तिहारका लागि लामो दुरीको यात्रा गर्ने यात्रु तथा सवारी चालकहरुको सुविधाका लागि सडकका खाल्डाखुल्डीहरु पुरेर सहज रुपमा गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन पनि माओवादीले सरकारलाई आग्रह गरेको छ ।

चाडबाडको बेला पार्टी प्यालेसमा हुने भोज र यात्राको क्रममा यात्रुहरुले सडक किनारका होटल तथा रेष्टुरेन्टमा खाने खानाको गुणस्तर जाँचेर स्वच्छ खाना खान पाउने व्यवस्था मिलाउन पनि आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा माओवादी रुपान्तरण अभियानको हालसम्म भएका गतिविधिको समीक्षासमेत भएको थियो । बैठकले अभियान सकारात्मक र प्रभावकारी भएको निष्कर्ष निकाल्दै संगठन कमजोर भएको ठाउँमा थप योजना बनाएर अघि बढ्ने निर्णयसमेत गरेको नेता शर्माले जानकारी दिए ।