Nepal

सरकारले मसँग राजीनामा मागेको होइन, आराम गर भनेको हो: कंसाकार

सरकारले नेपाल एयरलाइन्सको सञ्चालक समितिको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गरेसँगै दुई कार्यकारी पद सिर्जना भएका छन्। महाप्रबन्धक सुगतरत्न कंसाकार बहाल रहेकै अवस्थामा कार्यकारी हैसियतमा खरेल नियुक्त भएपछि के हुन्छ? भन्ने प्रश्न उठिरहेको छ।

दुई व्यक्त एउटै संस्थाको कार्यकारी पदमा रहेको अवस्थामा महाप्रबन्ध कंसाकारले के गर्छन् भन्ने जिज्ञासा रहेको छ। कंसाकारले भने अवको बाँकी कार्यकाल राजिनामा नदिएर संचालक समितिको सदस्यको हैसियतमै भएपछि एयरलाइन्स नछोड्ने बताएका छन्।

आफूले वाइडबडी जहाज ल्याएको र त्यसको व्यवस्थापनको काम बाँकी नै रहेको अवस्थामा राजिनामा दिएर हिड्दा राम्रो सन्देश नजाने निष्कर्षमा आफू पुगेको उनले जानकारी दिए।

<blockquote class="twitter-tweet" data-lang="en"><p lang="en" dir="ltr">An interesting twist in NAC management- former Managing Director Madan Kharel is appointed by Cabinet meeting of Sunday 16th Sept as Executive Chairman. But I have decided not to resign, and stay back as “CEO with no executive power”! I know there will be lots of eyebrows raised!</p>&mdash; SugatKansakar (@SugatKansakar) <a href="https://twitter.com/SugatKansakar/status/1041393475483099136?ref_src=twsrc%5Etfw">September 16, 2018</a></blockquote>
<script async src="https://platform.twitter.com/widgets.js" charset="utf-8"></script>

‘सरकारले मलाई यत्रो जहाज खरिद प्रक्रियापछि आराम गर भनेको हो तर राजीनामा दिएर जा भनेको होइन’ उनले सेतोपाटीसँग भने,‘म चैतमा मेरो कार्यकाल सकिन्छ त्यो समयसम्म बोर्ड सदस्यको हैसियतमै एयरलाइन्समा बस्छु।’

नेपाल वायुसेवा निगम ऐनमा भने दुवै पद सक्रिय नहुने व्यवस्था रहेको छ।

कार्यकारी अध्यक्ष वा उपाध्यक्ष नभएको खण्डमा महाप्रबन्धक नियुक्त गर्नसक्ने व्यवस्था ऐनमा छ। तर महाप्रबन्धक भएकै अवस्थामा अध्यक्ष नियुक्त भएमा के हुने भन्ने व्यवस्था रहेको छैन।

Football news:

Ole Gunnar sulscher: Greenwood is much better than I was when I was 18-19
Talalaev lit up the Wings in Khimki: the players called the coach Klopp, and themselves-Liverpool from the FNL
Rummenigge on buying out Perisic from Inter: Bayern haven't decided yet
Director of Tambov that Melkadze will not play with Spartak: we do not have a free 3-5 million rubles
Juventus wanted to swap Ramsey for Ntombela. Tottenham refused
Klopp on players who have played less than 5 matches: They will receive a gold medal. If you are not from the Premier League, something from me
Messi may move to Manchester City (Fox Sports)