Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

सुन तस्करीबारे सरकारले बनायो जाँचबुझ आयोग, संयोजक डिल्लीराम आचार्य

सरकारले सुन तस्करीबारे जाँचबुझ गर्न आयोग गठन गरेको छ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

आयोगको सदस्यमा किशोरङ्ग कार्की, प्रेमराज जोशी र सहकुल थापा छन्।

यो आयोगले सुन तस्करी रोक्ने सम्बन्धमा अध्ययन गरी व्यवस्थित प्रतिवेदन सरकारलाई बुझाउने उनले बताइन्। यो आयोगलाई तीन महिना समय दिइएको बताइएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीबारे अध्ययन र छानबिन गर्न आयोग गठन गर्न माग गरेको थियो।

The web

The web