Nepal

सुनकोशीमा पौडी खेल्दा बेपत्ता भएका दुई युवकको शव फेला

सुनकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई युवकको शव फेला परेको छ।

मंगलबार बिहान सवा आठ बजे सिन्धुलीस्थित फिक्कल गाउँपालिकाको खोलामा दुई युवकको शव फेला परेको हो।

आइतबार सोही पालिकामा काठको काम गर्ने मिस्त्री समेत रहेका १९ वर्षीय दिनेश बुढा क्षेत्री र २० वर्षीय बिश्वघ जनक बुढा क्षेत्री नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

दिनेशबुढा क्षेत्रीको शव घटनास्थल भन्दा पाँच किलोमिटर पूर्व गाउँपालिका वडा नम्बर ५ नारिम खोलाको दोभानमा फेला परेको हो।

त्यस्तै, बिश्वघ जनकबुढा क्षेत्रीको भने तीन किलोमिटर पूर्व गाउँपालिका वडा नम्बर ५ पञ्चकन्यास्थित नदीको किनारामा फेला परेको हो। प्रहरीले उनीहरू बेपत्ता भएको खबर प्राप्त भएदेखि नै खोजीतलासी थालेको थियो।


Football news:

Ole Gunnar Solskjaer: I Think it was a penalty against Aston Villa
Philadelphia played in t-shirts with the names of black people who died at the hands of the police
Kompany tries everything at Anderlecht: he coached without a license (terrible), played 15 matches and invested 3 million euros in the club
Aston Villa coach on Manchester United penalty: A shameful decision
Paul Pogba: Winning the Europa League and the FA Cup are two of Manchester United's goals for this season
Manchester United's first ever Premier League win 4 consecutive games with a difference at least 3 goals
Brunu has scored 7 (4+3) points in his last 3 games for Manchester United