Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार बिहान सवा ४ बजे काठमाडौं महानगरपालिका-३१ शान्तिनगरमा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

उनका अनुसार बागमती पुल निर्माणका लागि बनाइएको खाल्डोमा बागमती प्रदेश ०२-०३९ प १९९७ नम्बरको मोटरसाइकल खसेको थियो।

नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको उक्त मोटरसाइकल आफैं अनियन्त्रित भएर खाल्डोमा खसेको एसपी ढुंगेलले बताए।

दुर्घटना हुँदा भक्तपुर चाँगुनारायण नगरपालिका-४ बस्ने २० वर्षीय चालक सरोज गुरूङ र मोटरसाइकल पछाडि बस्ने १७ वर्षीय सुशिल गुरूङ घाइते भएका थिए।

सरोजको दाहिने खुट्टा भाँचिएको छ। सुशिल भने गम्भीर घाइते भएका थिए। उनीहरू दुबै जनालाई सिभिल अस्पतालमा लगिएको थियो।

त्यहाँ उपचारको क्रममा पौने ५ बजे सुशिलको मृत्यु भएको एसपी ढुंगेलले बताए।

एसपी ढुंगेलका अनुसार चालक सरोजले मापसे गरी मोटरसाइकल चलाएका थिए।

The web
The web

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।