Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

टेलर स्वीफ्टपछि अब बियोन्सेको सांगीतिक टुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

काठमाडौं । टेलर स्वीफ्टपछि अब गायिका बियोन्सेको पालो । उनको चर्चित सांगीतिक टुर ‘रेनासा’ अब फिल्मको रुपमा रिलिज हुने भएको छ । चर्चित अमेरिकी मल्टिप्लेक्स एएमसीसँग मिलेर बियोन्सेले यो टुरलाई दर्शकमाझ ल्याउन लागेको भेराइटी म्यागजिनले उल्लेख गरेको छ ।

स्रोतका अनुसार व्यवस्थापन एजेन्सी सीएएले दुई साताअघिदेखि नै प्रमुख स्टुडियो र स्टिमर्स कम्पनीसँग यसबारे छलफल थालेको थियो । सन् २०२३ मा बियोन्सले गरेको उक्त टुरले विश्वव्यापी उच्च कमाइ गरेको थियो । यो फिल्मलाई आगामी डिसेम्बर १ मा रिलिज गर्ने तयारी छ ।

टुरको अन्त्यसम्म यो विश्व टुरको अन्तर्राष्ट्रिय बजारमा ५६० मिलियन डलरको टिकट बिक्री हुने अपेक्षा छ । तर एएमसी थिएटरले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

अर्की गायिका टेलर स्वीफ्टको बहुचर्चित इरास टुरलाई फिल्ममा ल्याउने तयारी भइरहँदा बियोन्सेले पनि उक्त कदमलाई पछ्याएको अनुमान गरिएको छ । यतिबेला यी नियमहरु गायिका स्वीफ्टको अनुकूल छन् । यी सर्त बियोन्सेलाई पनि सोहीअनुसार लागू हुने र विश्वभर हुने कमाइको ५० प्रतिशत नगद पाउने अपेक्षा गरिएको छ ।

गायिका स्वीफ्टले एएमसीसँग मिलेर ल्याउन लागेको इरास टुर कन्सर्टले अक्टोबर रिलिजमा १०० मिलियन डलर कमाउने प्रक्षेपण गरिएको छ ।