Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

उपभोक्ता हितलाई ध्यान राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिइएको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आसन्न चाडबाड र उपभोक्ता हितलाई ध्यान दिँदै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको जानकारी गराएका हुन्। 

नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो। चाडबाडको मुखमा मूल्यवृद्धि भएको भन्दै सरकारको विरोध भएको थियो।

आज बसेको मन्त्रिपरिषद बैठकमा पनि यसबारे छलफल भएको थियो। प्रधानमन्त्री दाहालले निगमलाई मूल्यवृद्धि फिर्ता लिन भनेपछि यथावत राखिएको छ।

The web

The web