Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश

सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरेको छ।

आइतबारको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक पेश गरेका हुन्।

मन्त्रिपरिषदबाट पारित भई विधेयक यसअघि नै संघीय संसदमा दर्ता भएको थियो।

विधेयकका कतिपय व्यवस्थालाई लिएर नेपाल शिक्षक महासंघ र राहत शिक्षक लगायतले विरोध गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए।

उनीहरूका माग विधेयक संशोधनका क्रममा: समावेश गर्ने सहमति सरकारले गरेको थियो।

The web

The web