Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

विद्यालय शिक्षा विधेयक संसदमा पेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१४ असोज, काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० प्रतिनिधि सभामा पेश भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक सभामा पेश गरेका हुन् ।

गत भदौ २७ गते मन्त्री राईले नै प्रतिनिधि सभामा यो विधेयक दर्ता गरेका थिए । विधेयकलाई लिएर शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन समेत गरेका थिए । शिक्षकहरुको मागलाई संसदीय प्रक्रियामार्फत सम्बोधन गर्ने सहमति सरकारले गरिसकेको छ ।

विधेयक पेश गर्नु अगाडि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए । उनले विद्यालय शिक्षा विधेयकका जिल्ला शिक्षा कार्यालय ब्यूँताउने प्रस्ताव राखिएको भन्दै प्रतिगमनको संज्ञा दिएका थिए ।

संविधानले स्थानीय सरकार मातहत आधारभूत र माध्यमिक शिक्षा रहने भनेको तर जिल्ला शिक्षा कार्यालय राखेर संघले नै नियन्त्रण गर्न खोजेको भनी सुवालले विरोध गरेका थिए ।

शिक्षा मन्त्री राईले सुवालको यस प्रश्नको जवाफ दिएनन् । सुवालको विरोधको सूचनालाई सभाले अस्वीकृत गरिदियो । त्यसपछि विधेयक सभामा पेश भएको हो ।

अब अर्को कुनै बैठकमा विधेयकमाथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । उक्त छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा सभामै छलफल हुनेछ । त्यसपछि सांसदहरुलाई संशोधनका लागि ७२ घण्टाको समय दिइन्छ ।

यही बेला शिक्षकहरुसँग भएको सहमति सरकारको तर्फबाट स्वीकार हुने सहमति शिक्षकका प्रतिनिधिहरुसँग भएको छ । सभामा विधेयक अगाडि बढेसँगै शिक्षक महासंघका प्रतिनिधिहरुले राजनीतिक दलहरुसँगको भेटघाट समेत बढाएका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक असोज १६ गतेका लागि बोलाइएको छ ।