Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

‘बालापन’ प्रिमियरमा मन्त्री किरातीले भने- फिल्म आर्थिक विकासको मेरुदण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

काठमाडौ । फिल्म ‘बालापन’लाई राजधानीमा प्रिमियर गरिएको छ । चलचित्र विकास बोर्डमा आयोजित प्रथम प्रदर्शनीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती प्रमुख अतिथि थिए । मन्त्री किरातीले फिल्मले समाजमा देखिएको कुरालाई चित्रण गरेको बताए । उनले आर्थिक विकासका लागि फिल्म मेरुदण्ड रहेकाले फिल्मको विकासमा सरकारको चासो रहिरहेको जनाए ।

बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले फिल्मले जस्तोसुकै विषय उठान गरे पनि अहिलेको अवस्थामा व्यावसायिक सफलताको खाँचो रहेको औंल्याए । ‘फिल्मलाई शुभकामनाले मात्र हुँदैन । फिल्म भित्र चाहिने हरेक कुरा हुनुपर्छ । फिल्म क्षेत्रमा नयाँ मान्छे आएनन् भने फिल्म क्षेत्र चलायमान हुँदैन’, उनले भने ।

फिल्मका निर्माता मिलन राईले विशुद्ध समाजसेवा, दिनदःुखी, असहाय, अनाथ बालबालिकाको सहयोगार्थ फिल्मलाई निर्माण गरिएको बताए । ‘हामीले नेपालका विभिन्न जिल्लासँगै अमेरिका, क्यानडा, अष्ट्रेलिया, यूके, हङकङ, युएईलगायतका देशमा फिल्मको प्रिमियर गर्दैछौं’, उनले भने ।

शिव आरजीको निर्देशन रहेको फिल्ममा सविन श्रेष्ठ, प्रियंका कार्की, धिरेन शाक्य, सोनी बिसी, सुनील थापा, राजेन्द्रकुमार थापा, रेस फिरिरि, प्रभुराम कार्की, तिलबहादुर कार्की, हट मिलन राई र बाल कलाकारद्वय रितेश दुवाडी तथा आरोही कार्कीलगायतका कलाकारको अभिनय छ ।