Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

अमेरिकामा ८ नेपाली उद्यमी पुरस्कृत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१४ असोज, लस भेगास, नेभादा, अमेरिका । अमेरिकामा प्रिमियर फिनान्सियल एलायन्सको वार्षिक सम्मेलनमा विभिन्न राज्यका ८  नेपाली उद्यमीहरू पुरस्कृत भएका छन् ।

अनुभव गिरी, दोवा ढकाल, गगन केसी धामी, कर्ण बोगटी, राम ढुंगेल,  मनोज तुलाधर,  रमिता तुलाधर, गोविन्द गिरी प्रेरणा र सुरेश प्रधान पुरस्कृत भएका हुन् ।

पुरस्कृतहरूलाई प्रिमियर फिनान्सियल एलायन्सका संस्थापक अध्यक्षले अवार्ड प्रदान गरेका थिए ।

उक्त कम्पनीमा नेतृत्वदायी भूमिकामा पुग्ने पहिलो नेपाली अनुभव गिरी हुन् ।

उनको नेतृत्वमा नेपालीहरूले गरेको उदाहरणीय प्रगतिबाटअफ्रिकी मूलका मानिसहरू समेत आकर्षित भएका छन्, जसमध्य २ महिलाहरू एभलिन ओपान तथा फ्लोरेन्स आंग्विनी समेत सोसम्मेलनमा पुरस्कृत भएका थिए ।

उनको पहलमा १७५ वर्ष पुरानो फर्च्युन १००० कम्पनी नेशनल लाइफ ग्रुपले पहिलोपल्ट नेपाली भाषामा जीवन बिमाको जानकारी मूलक पुस्तिका सन् २०२० मा प्रकाशन गरेको थियो । सो पुस्तिकाको अमेरिकाका लागि तत्कालीन नेपाली राजदूत डा. अर्जुन कार्की तथा नेशनल लाइफ ग्रुपकी उपाध्यक्ष जेनिफर वारफिल्डले एक विशेष समारोहका वीच विमोचन गरेका थिए ।

सम्मेलनको पुरस्कार वितरण सत्रपछि नेपालीहरूले अमेरिकामा वित्तीय सेवा व्यवसायमा उल्लेखनीय सेवा पुर्‍याएकोमा सीईयोले सह्राहना गरेका थिए ।