Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

एमालेको कर्णाली अधिवेशनमा मतदान भोलि विहान ८ बजे हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१३ असोज, सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा शनिबारका लागि निर्धारित मतदान कार्यक्रम आइतबार विहान ८ बजेका लागि सरेको छ ।

सहमतिका लागि दिनभर प्रयास गर्दा सफल नभएपछि साँझ मतदान गर्ने तयारी थियो । तर सुरक्षाको कारण देखाउँदै आइतबार विहानका लागि सारिएको एमाले नेता विष्णु रिजालले जानकारी दिए । आइतबार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा मतदान कार्यक्रम रहेको उनले बताए ।

‘भखरै अध्यक्ष मण्डलको बैठक सकिएको छ । आज दिनभर वीरेन्द्रनगर तनावग्रस्त छ । राति अँध्यारोमा सुरक्षाको दृष्टिकोणबाट उपयुक्त नभएपछि भोलि विहान ८ बजेदेखि गर्ने निर्णय गरेका छौं’, अनलाइनखबरसँग कुरा गर्दै नेता रिजालले भने ।

छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु भएको विषयमा आफन्तले दिनभर प्रदर्शन गरेका कारण सुर्खेतको वीरेन्द्रनगर शनिबार दिनभर तनावग्रस्त छ । एमालेले सोही कारणले रातिमा मतदान गर्नु उपयुक्त नहुने बताएको हो ।

एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि तीन, सचिवमा दुई, उपसचिवमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकायाले उम्मेद्वारी दिएका छन् । गुलाबजंग र मीनबहादुरले प्यानल नै बनाएर चुनावमा भिड्दै छन् भने प्रकाशको प्यानल छैन ।

शाह स्थायी कमिटी सदस्य यामलाल कँडेल समूहका हुन् भने शाही गोरख बोगटी समूहका हुन् ।

अध्यक्षमा उम्मेदवारी दिएका दैलेखका राजबहादुर शाही र कालीकोटमा प्रेमबहादुर सिंहले भने शनिबार उम्मेदवारी फिर्ता लिएका थिए ।