Nepal

ब्युटीपार्लर र सैलुनमा लकडाउनको असर : सौन्दर्य प्रशाधन पेशालाई कसरी पुनर्जीवित गर्ने ?

कोभिड-१९ ले कुनै वर्ग, पेशा, धर्म जात भनेन । यसले सारा विश्वलाई नै अक्रान्त पारेको कसैबाट छिपेको छैन । सबै पेशा र वर्ग प्रताडीत छ । त्यसैले विभिन्न क्षेत्र तथा पेशामा आवद्ध पुरुषमात्र हैन, महिला श्रमिक पनि पीडित छन् । साच्चै नै महिला अझ पीडित छन् ।

तर, पुरुष श्रमिक र महिलाको पीडा एकै नहुन सक्छ । खासमा भन्नु पर्दा नितान्त फरक हुन्छ । हाम्रो सामाजिक संरचनामा पनि महिला पुरुषको परिस्थिति, आवश्यकता, बाध्यता सबै कुरा नै फरक छन् । त्यसैले पीडा पनि महिला र पुरुषको फरक नै हुन्छ ।

त्यसमा पनि दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने महिलाका पीडा अलि पृथक हुन्छ । अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा काम गर्ने महिला बढी मर्कामा परेका छन । एकातिर पेशा धरापमा परेको छ । अर्कोतिर महिला माथि विभिन्न प्रकारको हिंसा पनि बढ्दो छ ।

महिलाले आफूलगायत परिवारका लागि पनि सचेतना अपनाउनु परेको छ । अनि भोकका लागि जोहो गर्दै घरमा हुने समस्याप्रति पनि जुध्नुपर्ने वाध्यता छ । काम नभएपछि आर्थिक समस्या पर्ने नै भयो । त्यहीकारण घरमा कलह झगडा हुने निहुँ बन्छ । कहिलेकाँही त्यही सानो निहुँ हिंसामा परिणत भइदिन्छ ।

विष्णु थापा

नेपाल प्रहरीको तथ्यांक अनुसार लकडाउन अवधीमा विभिन्न प्रकृतीको हिंसाहरुमा बढोत्तरी भएको पाइन्छ । अहिले त कोभिडका कारण मुलुक आफैं मृत्यु शैयामा छ । यो महामारीबाट स्वरोजगार र अनौपचारिक क्षेत्रमा काम गर्ने महिलालाई अझ बढी आर्थिक समस्या परेको छ । तथ्यांककै कुरा गर्ने हो भने, सन् २०१७÷२०१८ को तथ्यांक विभागका अनुसार नेपालमा रोजगार महिला श्रमिकमध्ये साढे ९० प्रतिशत महिला अनौपचारीक क्षेत्रमा आवद्ध छन् । विकासोन्मुख मुलुकमा अनौपचारिक क्षेत्रमा ७० प्रतिशत महिला श्रमिक छन् ।

यस महामारीमा स्वास्थ्यकर्मीका रुपमा महिलाले पनि अग्रमोर्चामा काम गरेका छन् । तथ्यांक अनुसार स्वास्थ्य क्षेत्रमा ७० प्रतिशत महिला छन् । स्पेनमा स्वास्थ्य क्षेत्रमा काम गर्नेमध्ये कोराना लाग्ने कुल संख्याको ७२ प्रतिशत महिला संक्रमित भए र इटालीमा ६६ प्रतिशत संक्रमित भए ।

सौन्दर्य प्रशाधन अर्थात् ब्युटिसियन क्षेत्रमा लगभग शतप्रतिशत महिला संलग्न छन् । जो अनौपचारिक तथा स्वरोजगार पेशामा पर्दछन् । यस पेशामा सामान्य पढलेख गर्नेदेखि पढेलेखेका, एकल महिला, गृहिणीका साथै आय आर्जनको विकल्प नभएकाहरु क्रियाशील छन् । गाउँदेखि नगरसम्म व्युटिपार्लर तथा मान्यताप्राप्त प्रशिक्षण केन्द्र खोलेर स्वरोजगार पेशा व्यवसाय संचालन गर्ने महिलाको संख्या देशभर लाखौं रहेको छ । सीटिईभिटी अन्तर्गतका इन्स्टिच्युटबाट प्रशिक्षण लिई प्राप्त प्रमाणपत्रका आधारमा विदेशमा रोजगार गर्नेको संख्या पनि लाखौं पुगेको छ । ती विदेशिएका महिलाबाट पनि मुलुकको जीडिपीमा धेरथोर योगदान नै गरेको छ ।

तर, कोभिड १९ र लकडाउनका कारणले यो पेशामा संलग्न धेरै स्वरोजगार पेशाकर्मी विस्थापित हुने अवस्था आइसकेको छ । कतिपयले भाडा तिर्न नसकेर कोठा छाडिसकेका छन् । हुन त लकडाउनको सुरुवाती दिनमा नेपाल सरकारले घरभाडा छुट गराउने लगायतको राहत घोषणा गरेको थियो । तर, त्यो घोषणा व्यवहारमा लागु हुन सकेको छैन ।

अब त सरकारबाट कुनै राहत पाउने आशा पनि मर्दै गएको छ । त्यसैले आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नुको विकल्प देखिएको छैन । पेशा शुरु गर्दा ग्राहकसँग सम्पर्कमा रहेर अग्रमोर्चामा काम गर्नुपर्ने भएकाले समस्या धेरै छन् । तर, राज्यले कसरी संक्रमणबाट सुरक्षित रहेर पेशा सञ्चालन गर्ने भन्ने सन्र्दभमा उपाय सुझाउनेबारे छलफल गरेको पाइएको छैन ।

भारतमा समेत राज्य सरकारहरुले निर्णय गरिकन आ–आफ्नो राज्यहरुमा गत जुन महिनाबाट स्वास्थ्य सुरक्षा विधि अपनाएर व्युटीपार्लर तथा सैलुन खोल्न अनुमति प्रदान गरिसकेको छ । बेलायत सरकारले पनि आउँदो जुलाई १३ अर्थात असार २९ गते बाट सञ्चालनमा ल्याउने निर्णय गरिसकेको छ ।

म आवद्ध नेपाल व्युटिसियन संघले गत जेठ १८ गते राष्ट्रियस्तरमा र सबै प्रदेश समितिबाट जेठ २० गते तीनै तहका सरकारमा ज्ञापन पत्र पेश गरिसकेको छ । तर सरकारले सुनुवाइ गरेको छैन । समस्या नपर्दा त राज्यले कुनै सहयोग गर्नु परेको थिएन । तर, समस्या पर्दा हेर्नु पर्ने राज्यले नै हो । नेपाली दिदीबहिनीले स्वरोजगारका रुपमा अपनाएको यो पेशा बचाउन केही नभए पनि घर भाडा छुट, स्थानीय तहमा वार्षिक कर छुट, विशेष प्याकेज, बैंकको किस्ता र व्याज, स्थानीय सरकारमा पन्जीकरण गराइनु पर्दछ । त्यसैले यीलगायतका कुरा सरकारबाट सम्बोधन होस् भन्ने हाम्रो चाहना छ । साथै सुरक्षा विधि अपनाएर यो पेशालाई शुरु गर्न दिए पुनर्जीजवन पाउने आशा गर्न सकिन्छ ।

हिजोको दिनमा विश्वव्यापी रुपमा व्युटीपार्लर, सैलुन पेशा १५ प्रतिशतले बढिरहेको थियो । तर, कोरोनाका कारण ३० प्रतिशत व्यवसाय बन्द भइसकेको छ । पुरानै अवस्थामा फर्कन कम्तिमा एक वर्ष लाग्ने छ । भारतमा लेक्मे, बिबलन्ट, इनरीच, बडीक्राफ्ट लगायतका सैलुनहरुले सुरक्षा विधि अपनाएर सञ्चालन गर्ने योजना बनाउँदैछन् । भारतमा मात्र ती कम्पनीको कारोबार करिब पाँच अर्ब भारतीय रुपैयाँ थियो । अहिले त खस्किएको छ । सैलुन कम्पनीहरुले लोरियल, वेला, डर्मोलोजीका लगायत कम्पनीहरुसँग मिलेर एकपटक मात्र प्रयोग गर्ने सामग्री उत्पादन गर्ने तयारी गर्दैछन् ।

भारतमा मात्र करिब ६५ लाख सैलुन छन् । नेपालमा पनि पार्लर तथा सैलुन करिब २ लाखको हाराहारीमा र त्यसमा संलग्न पेशाकर्मी लाखौंको संख्यामा छन् । त्यसैले अबको दिनमा यस क्षेत्रलाई पुनर्जीवन दिलाउन राज्यले सरोकारवालासँग छलफल गर्नुपर्ने आवश्यकता छ । पेशा शुरु गर्नका लागि निम्न सुरक्षा विधि अपनाउनु अनिवार्य हुनेछ ।

१) कार्यस्थललाई हरेक दिन स्यानेटाइज गर्ने
२) एकपटक प्रयोग गरेपछि मास्क, ग्लोब्स पुनः प्रयोग नगर्ने
३) ब्लीचको झोलमा डुबाएर वा तातोपानीले बाल्टी लगायत सफा गर्ने
४) कपुरको प्रयोग डिफयुजरका लागि गर्ने
५) पेशाकर्मीलाई कोभिडबारे सचेतना गराउने
६) सहकर्मी र ग्राहकहरुसँग हात मिलाउने तथा अंकमाल गर्ने कार्य पूर्णतः बन्द गर्ने
७) ग्राहकबीच २ मिटरको दुरी कायम गर्ने
८) कार्यस्थलमा नियमित साबुन पानीले हात धुने लगायत सचेतनाका पोस्टर टास्ने ।
९) पेशाकर्मी तथा ग्राहकहरुले पीपीई, टिस्यु पेपर, एन्ंिटब्याक्टेरियल साबुन प्रयोग गर्ने
१०) पेशाकर्मीले अनिवार्य रुपमा मास्क वा ट्रिपल लेयर्ड सर्जिकल फेस मास्क लगाउने
११) रिसेप्सन क्षेत्रमा पत्रिका तथा ब्रोसियर नराख्ने
१२) डिजिटल भुक्तानीको प्रयोग बढाउने
१३) श्रमिकहरुलाई सिफ्ट अनुसार काममा लगाउने
१४) सेवा लिन ग्राहकहरु आफू मात्र जाने र बालबच्चाहरु लैजान पूर्णतः बन्देज गर्ने
१५) मोबाइल, ह्याण्ड ब्याग, पर्सलगायत व्यक्तिगत सामान स्टरलाइज गर्ने
१६) सेवा दिनुभन्दा पहिले तथा पछि कामेडोन एक्सट्रेक्टर, कैंची, प्याक ब्रस, वाटर बाउल वैंक्सिङ्ग उपकरण, नेलकेयर सेट आदि उपकरण स्टरलाइज गर्ने
१७) फेसियलको लागि माइक्रो मस्साजर प्रयोग गर्ने
१८) पिल अफ वैक्सको लागि डिस्पोजेबल स्पैटुला र वैंक्सिङ्गका लागि डिस्पोजेवल स्ट्रिप्स प्रयोग गर्ने
१९) प्रयोग गरिएका सामग्रीहरु सबै डिस्पोज गर्ने
२०) श्रमिकहरुले लगाएको लुगा दिनहुँ धुने
२१) डिस्पोजेवल स्पैटुला र ब्रसका साथ सिंगल युज पैक प्रयोग गर्ने
२२) काम गरिसकेपछि दिनहुँ साबुन पानीले नुहाउने
२३) काजल लगाइदिएपछि कहिले पनि डिस्पोजेबल स्टिकलाई दोहोरो प्रयोग नगर्ने
२४) प्रत्येक पटकको प्रयोगपछि सार्पनिंग गरेर मेकअप पेन्सिललाई स्यानेटाइज गर्ने र प्रत्येक पटक सार्पनर सफा गर्ने
२५) लिप वांडस, मस्कारा स्पुलिएस, क्यु–टिप्स, कटन स्वाब, पाउडर पफ र वेज स्पान्ज जस्तो डिस्पोजेबल मेकअप एप्लीकेटर प्रयोग गर्ने ।

कोरोना महामारीको असरबाट रोग, भोक र पेशालाई बचाउन राज्यले सरोकारवाला सबैसँग सहकार्यका साथ छलफल गर्दै सुरक्षा विधिको मापदण्ड तय गरेर यो पेशालाई सञ्चालन गरेमा यस क्षेत्रमा कार्यरत स्वरोजगार महिला श्रमजीवीहरुको पेशा बचाउन सकिन्छ र यो राज्यको दायित्व पनि हो । अन्यथा, जुन पेशाबाट लाखांै परिवारसमेत आश्रित रहेका छन्, उनीहरुको अवस्था दिनानुदिन दयनीय हुने निश्चित छ ।

(थापा ट्रेड युनियन कांग्रेस आवद्ध नेपाल ब्युटिसियन संघ प्रदेश–५ कि अध्यक्ष हुन्)

Football news:

Chelsea will compete with Everton for Regilon. Real Madrid is ready to sell him
Espanyol asked La Liga to cancel the flight. The Catalans have been in the relegation zone since the fifth round
Inter have not yet decided on Conte's future. Everything will be decided after the Europa League
Haji resigned as Viitorul's coach
Karim Benzema: Ronaldo's Game made me love football
Sanchez will break his contract with Manchester United and leave for Inter for free. It will receive 7 million euros a year
Lautaro Martinez: we will Continue to do everything possible for Inter