Nepal

दक्षिण अफ्रिकामा पुनः मदिरामा प्रतिबन्ध

२९ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न दक्षिण अफ्रिकाले नयाँ प्रतिबन्ध घोषण गरेको छ । जसमा मदिरामाथिको प्रतिबन्ध पनि सामेल छ ।

साथै सरकारले सोमबारदेखि रातको समयमा कर्फ्यु  लगाउने र घरबाट बाहिर निस्किँदा मास्क लगाउन पनि अनिवार्य गर्ने निर्णय गरेको छ । रातिको लागि लगाइएको कर्फ्यु नौ बजेदेखि बिहान चार बजेसम्म लागु हुनेछ ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले वर्षमा दोस्रोपटक मदिरामा लगाइएको प्रतिबन्धको कारण मुलुकको स्वास्थ्य व्यवस्थामा पर्ने दबाब पनि कम हुने उनको भनाइ छ ।

अहिलेसम्म दक्षिण अफ्रिकामा कोरोना भाइरसका दुई लाख ७६ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् । साथै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार हजारभन्दा धेरै पुगिसकेको छ । सरकारको एक आकलन अनुसार वर्षको अन्तिममा यहाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजारभन्दा धेरे हुन सक्छ ।

पछिल्लो समय दक्षिण अफ्रिकामा निकै तीव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । राष्ट्रपति रामाफोसाले सरकारले कोरोना भाइरस नियन्त्रणको लागि आवश्यक कदम चालेको तर केही मानिसको लापरबाहीको कारण अहिलेको अवस्था देखिएको बताएका छन् ।

राष्ट्रपतिले मुलुकमा अगष्ट १५ सम्म मुलुकमा लगाइएको आपतकाल बढाउने निर्णय गरेका छन् । दक्षिण अफ्रिकामा केही महिनाअघि घरेलु हिंसा कम गर्ने र सप्ताहान्तमा हुने मदिराको खपत घटाउन मदिराको बिक्रीमा रोक लगाइएको थियो । तीन महिनापछि मदिरामा लगाइएको प्रतिबन्ध हटाइएको थियो । अहिले पुनः मदिरामा प्रतिबन्ध लगाइएको हो ।

स्रोत  : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Football news:

Thomas Tuchel: If both legs were intact, you could have seen my 40-meter sprint
PSG saved Tuchel's pet: Choupo-moting got everyone for free, managed not to score from a centimetre, and now pulled Paris to the semi-finals of the Champions League
Gian Piero Gasperini: The worst part is that we were so close. I can only thank the guys
Neymar was the player of the match Atalanta-PSG. He gave an assist
ПС PSG suffered through the entire quarter-final and turned it over in 149 seconds. Lifted the Italian curse and went so far in the Champions League for the first time in 25 years
ПС PSG's pain was transformed into happiness: in three minutes, the suffering stars turned into celebrating kings
The club from Italy won't win the Champions League for the 10th year in a row. This is an anti-record