Nepal

लथालिङ्ग विद्यालयको भताभुङ्ग चाला : कक्षा कोठामा कहिले गाईगोरु, कहिले जन्ती !


२१ जेठ, वीरगञ्ज । पर्सामा एउटा यस्तो विद्यालय छ, जहाँ पढाउनका लागि ब्ल्याकबोर्डसमेत प्रयोग हुँदैन । विद्यार्थी पढ्ने कोठामा सिमेन्टलगायतका अन्य विविध सामाग्रीको थुप्रो छ ।

यो विद्यालयमा बाल विकास केन्द्रसमेत गरेर पहिला ६ वटा कक्षा सञ्चालन हुन्थे । अचेल जम्मा २ वटा कोठा प्रयोगमा छन् । विद्यालयमा बाल विकासदेखि ३ कक्षासम्म एउटा कोठामा पढाइन्छ भने ४ र ५ का विद्यार्थीलाई अर्को कोठामा राखेर पढाइन्छ । पहिले ६ जना शिक्षक हुन्थे, अचेल तीन जना शिक्षक कार्यरत छन् ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २ जानकीटोलास्थित नेपाल राष्ट्रिय प्रावि दसौताको हालत यस्तै छ । विक्रम संवत् २०१८ सालमा स्थापना भएको यो विद्यालयको अवस्था कुन हदसम्म नाजुक भइसकेको छ भने विद्यार्थी टिफीनपछि निकै कम मात्र आउँछन् ।

हाजिरी रजिष्ट्ररमा विद्यार्थी संख्या १ सय ९९ जना उल्लेख भएपनि, नियमित विद्यालय आउने विद्यार्थीको संख्या २५/३० को हाराहारी मात्रै छ ।

अनलाइनखबरकर्मी विद्यालयमा पुग्दा बाल विकास केन्द्रकी शिक्षिका नितुदेवी कक्षा ३ सम्मका विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर पढाइरहेकी थिइन् । एउटै कक्षा कोठामा ४ वटा कक्षा पढाउँदा समस्या हुनु स्वभाविक हो ।

‘बिहान धेरै विद्यार्थी हुन्छन् तर टिफिनपछि आउँदैनन्, स–साना बच्चाहरु बाहिरै घुम्छन् । कक्षाकोठा नभएका कारण समस्या छ, झ्याल लाग्दैन, कुनै कुराको व्यवस्था छैन, ट्वाइलेटसमेत गतिलो छैन,’ उनले भनिन्, ‘विद्यालयको कक्षा कोठा बन्दैछ, त्यसपछि सुधार आउला की ।’

मैले चाहेर मात्रै केही हुँदैनः प्रधानाध्यापक

२०६९ सालदेखि विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका जियालाल प्रसादले भने गाउँमा विनाअनुमति बोर्डिङ चलेकाले सरकारी विद्यालयमा विद्यार्थीको संख्या कम भएको दावी गरे ।

‘गाउँमा चारवटा बोर्डिङ अनुमति विना सञ्चालनमा छन्, त्यसले गर्दा सरकारी विद्यालयमा विद्यार्थी आउँदैनन् । चाहिएजति शिक्षक पनि छैनन् । कक्षा कोठा पनि छै्रन,’ उनले भने, ‘म आएपछि विद्यार्थी संख्या बढेको छ, दुईवटा कोठासमेत थप्न लगाएको छु, निर्माणको क्रममा छ, मैले चाहेर मात्रै केही हुँदैन ।’

विद्यालयमा बाउन्ड्री वाल नभएकाले गाउँमा विवाह हुँदा जन्ती ल्याएर राखिदिने, फोहोर गरिदिने गरेको उनको गुनासो थियो ।

‘बाउन्ड्री छैन, जथाभावी मान्छेहरु आउँछन्, विवाहको सिजनमा बर बरातहरु (जन्ती) ल्याएर राखिदिन्छन्, वर्षातको समयमा गोरुहरुसमेत ल्याएर बाँधी दिने गरेका छन्,’ उनले भने, ‘स्थानीय तहसँग कुरा भएको छ, दुई–तीन पटक छलफल पनि भयो । बाउन्ड्री वाल लगाउने कुरा भएको छ । आवश्यकता अनुसारको शिक्षक दिए भने शैक्षिक अवस्थामा सुधार आइहाल्छ ।’

विद्यालयमा व्यवस्थापन समितिको म्याद सकिएको एक वर्ष वितिसकेको छ । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष शिव शंकरप्रसाद यादवले विद्यालयको अवस्था आफ्नै आँखा अगाडि दयनीय भएको बताए ।

‘पहिला राम्रो थियो । म व्यवस्थापन समिति अध्यक्ष हुँदा थुप्रै विद्यार्थी पनि थिए,’ उनले भने, ‘अहिले शिक्षक संख्या कम छ । हेडसरलाई यताउति कामले नै फुर्सद कम हुन्छ । दुईजनाले छ वटा कक्षा कसरी पढाउन सक्छन् ? व्यवस्थापन समिति गठन हुन सकेको छैन । रेखदेख छैन, खिचिर मिचिर गरेर चलीरहेको छ ।’

दसौता माविको मात्र होइन, सरोकारवालाको निकम्मापनका कारण पर्साका ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयको अवस्था यसैगरी दयनीय बन्दै गएको छ । तत्कालिन जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षकको लापरवाहीले दयनीय अवस्थामा पुगेका विद्यालयको अवस्था स्थानीय तहको मातहतमा जाँदासमेत सुध्रिएको छैन ।

बालबालिका पढ्ने विद्यालय कतिसम्म लथालिंग छ भने विवाहको सिजनमा जन्ती सुत्ने र वर्षातमा गाई–वस्तु बाँध्ने गरिएको छ

ग्रामिण क्षेत्रको शैक्षिक अवस्था उकास्ने उद्देश्यले खुलेका सामुदायिक विद्यालय शिक्षकहरुको जागिर धान्ने र राजनीति गर्ने अखडामा परिणत भएको छ । भवन भएका विद्यालयमा विद्यार्थी नहुने, विद्यार्थी भएका विद्यालयमा शिक्षक नहुने, विद्यार्थी र भवन भएका विद्यालयमा शिक्षकहरु पढाउनै नजानेजस्ता साझा समस्या प्रायः सबै सामुदायिक विद्यालयमा देखिने गरेको छ ।

विद्यार्थीको भविष्य धरापमा

नेरा प्रावि पाण्डेपुरकै उदाहरण हेरौं । विद्यालयमा बाल विकास कोटाका समेत गरेर ४ जना शिक्षक छन् । बाल विकास र कक्षा १ लाई एउटै कक्षामा राखेर पढाइन्छ । त्यसैगरी २ र ३ अनि ४ र ५ कक्षाका विद्यार्थी एउटै कक्षामा गरी तीन वटा कक्षा सञ्चालन हुन्छ । विद्यालयमा विद्यालय भनेर चिनाउने एउटा बोर्डसमेत छैन, न झ्याल, न त पर्खाल नै । विद्यालयमा खानेपानीको धारासमेत नभएकाले विद्यार्थी पानी पिउनका लागिसमेत गाउँ–गाउँ भौतारिनुपर्ने बाध्यता छ ।

विद्यालयका कर्मचारी विनोद नन्दन मिश्रका अनुसार विद्यालयमा छात्रवृत्ति लिने समयमा मात्रै विद्यार्थी संख्या बढी देखिने गरेका छन् ।

‘छात्रवृत्ति बाँड्ने समयमा २ सय, ३ सय विद्यार्थी हुन्छन्, अन्य समयमा खासै विद्यार्थी हुँदैनन्,’ उनले भने ।

ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा पढाई राम्रोसँग नहुने भएकाले नै विद्यार्थी कम भएको स्थानीयको तर्क छ ।

‘सामुदायिक विद्यालयमा अधिकांश शिक्षक समयमा आउँदैनन्, पढाइ कमजोर छ । ट्वाइलेट पनि हुँदैन, खानेपानीको व्यवस्था हुँदैन । विद्यालयको अवस्था दयनीय हुन्छ, संरक्षण र रेखदेख गर्ने कोही हुँदैन,’ पाण्डेपुरकै प्रदीप यादवले भने ।

आवश्यक स्रोत साधन नभएका विद्यालयलाई नजिकै रहेको अर्को विद्यालयसँग मर्ज गरेर स्तरीय शिक्षा दिनेतर्फ सरोकारवालाहरुको ध्यान जान सकेको छैन । विद्यार्थीको भविष्य नै धरापमा परेको छ । यस्ता विद्यालयलाई सुधार्न अब स्थानीय तहले नै पहलकदमी चाल्नुपर्ने स्थानियको माग छ ।

Football news:

Avangard congratulated Zenit with the title: it's Time to match and take the Gagarin Cup
Coach of Orenburg Pro 0:1 with Rubin: Morally devastated, could have drawn
Kike Setien: Griezmann played a great match, understood Messi well, scored a great goal. We changed something
Barca President on the Real Madrid match: VAR always favours one team. I have an unpleasant feeling
Faty scored the 9,000 th goal in the history of Barcelona
Griezmann scored in La Liga for the first time since February with a pass from Messi
Suarez came out on the 3rd place in the list of the best Barca Goalscorers in history