Nepal

पार्टीमा छलफल गरेरमात्रै एमसिसी अगाडि बढ्छ-प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी परियोजनालाई पार्टीमा छलफल गरेरमात्रै अगाडि बढाइने बताएका छन्।

शनिबार नेकपा सचिवालय सदस्य,एमसिसी कार्यदलका सदस्य र यसबारेमा अध्ययन गरेका नेकपा नेताहरूबीच बालुवाटारमा भएको छलफलमा प्रचण्डले यस्तो धारणा राखेका हुन्।

बैठकमा बोल्ने स्थायी समित सदस्यहरूले स्थायी कमिटीको बैठकमा एमसिसीबारे छलफल हुनुपर्ने धारणा राखेका थिए। एमसिसी कार्यदलमा रहेका परराष्ट्रमन्त्री एवम् स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले सम्झौताको विश्वसनीयताका लागि पनि अगाडि बढाउनुपर्ने बताएका थिए। 

नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एमसीसी अध्ययनका लागि कार्यदल बनाएको थियो। कार्यदलमा रावल र ज्ञवाली सदस्य थिए। कार्यदलले यथास्थितिमा एमसीसी पारित गर्न नहुने निश्कर्ष निकालेको थियो।

सरकारले यसपटकको नीति तथा कार्यक्रममा पनि एमसीसीका योजनालाई समावेश गरिसकेको छ।


उक्त छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित थिएनन्।

Football news:

Lewandowski scored 30 Bundesliga goals for the third time in his career in a season
Muller repeated the Bundesliga record with 20 assists in a season
Lewandowski broke his record by scoring 44 goals for the club in a season
Lewandowski and Muller will miss the match against Borussia Gladbach due to a card bust
Bayern play in armbands with the words black Lives matter
Messi posted a photo from the camp Nou: How much I missed this place
Barcelona refused to sell Fati for 100 million euros