logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo
star Bookmark: Tag Tag Tag Tag Tag
Nepal

फेसबुकलाई पत्र लेख्दा नभेटिएका अभियुक्त यसरी समातिए

२९ पुस, काठमाडौं । चितवनको भरतपुर, विकास चोक बस्दै आएका २१ वर्षीय रविन सार्की भन्ने रुचालबाट परिवारका सदस्य आजित भइसकेका थिए । जतिवेलै फेसबुक चलाइरहने उनले कक्षा ११ पनि पास नगरी पढ्न पनि छाडेका थिए ।

रुचालका काकाले प्रहरीसँग भनेका छन्, ‘जतिवेलै मोबाइलमा झुण्डिराख्थ्यो । कुन दिन के गर्ला र फसाउने भन्ने लाग्थ्यो । नभन्दै प्रहरी कार्यालयसम्म आउनुप¥योे ।’

रुचाल तिनै युवा हुन्, जसलाई प्रहरीले अघिल्लो वर्ष सार्वजनिक यातायातमा महिलाको कपालमा वीर्य स्खनल गरेको आरोपमा पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले रुचाललाई सोमबार साँझ चितवनबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी शहकुलबहादुर थापाका अनुसार लामो अनुसन्धानपछि उनलाई पक्राउ गरिएको थियो । रुचालविरुद्ध मंगलबार विद्युतीय अपराध ऐनअनुसार जिल्ला अदालत, काठमाडौंबाट ५ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

प्रहरीले अनुसन्धान थालेलगत्तै भारततिर…

रुचालले सार्वजनिक स्थानमा अपाच्य हर्कत मात्र गरेनन्, भिडियो पनि खिचेर ‘ट्रोलर’ फेसबुक च्याट ग्रुपमा अपलोड गरिदिए । ‘वुमनस् वारियर’ नामक सार्वजनिक फेसबुक ग्रुपमा पोष्ट गरिदिए । त्यसपछि गत वर्ष पुसमा भिडियो भाइरल बन्यो ।

उनले भिडियो भने साउनमा नै खिचेका थिए । युवाबीच अश्लिल कुराकानी र भिडियो आदनप्रदान हुने समूहमा भिडियोबारे महिला अधिकारकर्मीले थाहा पाएपछि विरोध गरे ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो, अपराध अनुसन्धान महाशाखा, काठमाडौं प्रहरी परिसर, टेकले पनि यसबारे छानविन थाल्यो । त्यसबेला तत्कालीन प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले विज्ञप्ति नै जारी गर्दै भनेका थिए, ‘सवारीसाधानभित्र गरिएको अश्लिल हर्कतसम्बन्धी भिडियोमाथि सम्बन्धित इकाइबाट सुक्ष्म अनुसन्धान भइरहेको छ ।’

रुचाल भने प्रहरीले अनुसन्धान थालेको सुइँको पाउने वित्तिकै भारततिर भागेका थिए । ‘दिल्लीमा पुगेर उनले करिब तीन महिना मःमः बनाउने उद्योगमा काम गरेको खुलेको छ’, एसएसपी थापाले भने, ‘त्यसपछि कास्मिरमा गएर पनि ४ महिना बसेर पुनः चितवनस्थित आफ्नै घरमा आएको देखिएको छ ।’

फेसबुकदेखि अश्लिल साइटसम्मलाई पत्राचार

अपराध महाशाखाले भिडियो हाल्ने व्यक्तिको पत्ता लगाउने फेसबुक मुख्यालय, गुगल र अश्लिल चलचित्रसम्बन्धी एक साइटलाई पत्राचार गरेर सहयोग मागेको थियो ।

फेसबुकले मलेसियाबाट तथा पोर्नहबले अमेरिकाबाट भिडियो अपलोड भएको जानकारी पठायो भने गुगलले जवाफै फर्काएन । ‘त्यो विवरणले हामीले धेरै सहयोग नभए पनि नेपाली युवकले भीपीएन प्रयोग गरेर भिडियो हालेका रहेछन् भन्ने संकेत चाहिँ मिल्यो’, अनुसन्धान संलग्न एक प्रहरी निरीक्षक भन्छन् ।

अनुसन्धानका क्रममा रविन रुचाल नामको फेसबुक पेजबाट भिडियो शेयर भएको भेटियो । तर त्यो भिडियोलाई केही समयमै ‘निजी’ बनाइएको थियो । उनले आफ्नै फेसबुक खाताबाट भिडियो भाइरल नगरिदिन आग्रह पनि गरेका रहेछन् । ‘दाइभाइ, माफ गर्नुहोला । जे भए पनि गल्तीले बनाए त । भाइरल नगर्नु न भिडियो । यो रमाइलो भिडियो मात्र हो’, उनले लेखेका छन् ।

रुचालमाथि निगरानीमा राखिरहेका वेला माफी मागेको पोष्ट आएपछि उनीमाथि प्रहरीको शंका झन् बलियो बनेर गयो । तर प्रहरी उनको मोबाइल नम्बर पत्ता लगाएर ‘ट्रेस’ गर्ने प्रयासमा थियो । त्यहीक्रममा रुचाल समातिए ।

भिडियो अपलोड मात्र गरेको दाबी

प्रहरी हिरासतमा रहेका रुचालले प्रारम्भीक बयानका क्रममा आफूले भिडियो अपलोड मात्र गरेको दाबी गरेका छन् । तर उक्त भिडियोमा देखिएको हातको खत र औंलाको प्रकृतिले उनी नै भिडियोमा देखिएको पुष्टि हुने जनाइएको छ ।

अनुसन्धान अधिकृतले भिडियो खिचिएको डल्लु क्षेत्रमा चल्ने गाडीका चालकसँग पनि बयान लिएको छ । उनले गाडीमा आउने सबै मानिसलाई चिन्न नसकिने बयान दिए भने पीडित महिलाले गाडीबाट झरिसकेपछि मात्र थाहा पाएको बताएकी थिइन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले भिडियो खिचिएका वेला घटनास्थल आसपास चलेका सयौं मोबाइल नम्बरको जाँच गरेको थियो । त्यसक्रममा आईटी इञ्जिनियरको सहयोगमा प्रहरी रुचालसम्म पुगेको हो । ‘अनुसन्धान जारी नै छ’, एसएसपी थापा भन्छन् ।

Themes
ICO