logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo
star Bookmark: Tag Tag Tag Tag Tag
Nepal

‘सिंगापुरमा नाक, कान, घाँटी ... नङसम्म जाँचेर आएको छुु, डाक्टरले भनेका छन्- २०-२५ वर्ष केही हुन्न’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बिरामी नभएको बताएका छन्।

झापा ५ नं निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका सम्बन्धमा चर्चा गर्न बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्ताहरुसँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा हिजो चलाइएका निराधार हल्लाहरुको प्रसंग उल्लेख गर्दै भने, ‘हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो। एउटा सिटामोल खाइदिए पछि सबै निको भयो। तर अफवाह म सिकिस्त भएजस्तै फैलाइयो।’

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकहरुसँग भने, ‘गत हप्ता सिंगापुरमा आँखा,कान,घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु। डाक्टरले सबै अंग ठीक छ भनेका छन्। अब २०–२५ वर्ष केही हुँदैन भन्छन्। त्यसकारण म बिरामी होइन।’

प्रधानमन्त्री ओलीले आफू १५ वर्षअघि बिरामी भएको र १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेको स्मरण गरे।

‘म अहिले होइन,१५ वर्षअघि बिरामी थिएँ। १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेको हुँ। त्यही कहानीलाई अहिले प्रचार गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मलाई बिरामी नै भन्ने हो भने पनि म बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ। बिरामी हुँदाहुँदै बहुमत दिलाएँ। सरकार बनाएँ र बिरामी हुँदा हुँदै पार्टी एकिकरण गरें।’

नेकपा अगुवा कार्यकर्ताहरुले झापा क्षेत्र नं ५ को दमक ,गौरादह नगरपालिका र कमल गाउँपालिकामा औद्योगिक पार्क निर्माण गर्ने परियोजना लगानी बोर्डले स्वीकृत गरिदिएकोमा धन्यवाद दिएका छन्। भेटका अवसरमा प्रधानमन्त्री ओलीले औद्योगिक पार्क निर्माण हुन लागेकोमा सबैलाई बधाई दिए।

यसअघि प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर सोमबार स्वदेश फर्किएका थिए।

त्यसपछिको दौडधुपले उनलाई  बिहीबार ज्वरो आएको थियो। प्रधानमन्त्रीलाई ज्वरो आएपछि हिजो नेकपाको सचिवालय बैठक बस्न सकेको थिएन।  

All rights and copyright belongs to author:
Themes
ICO