Nepal

सरकारको नीति तथा कार्यक्रममा प्रचण्ड–माधव नेपालको न बोली न ताली

सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भए पनि सत्तारूढ नेकपाभित्रको विवाद प्रतिनिधि सभामा प्रतिबिम्बित भएको छ।

सरकारले राष्ट्रपति मार्फत् प्रस्तुत गरेको नीति तथा कार्यक्रमको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले बचाऊ नगरेका हुन्।

गत वर्षको नीति तथा कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले बचाऊ गरेका थिए। उनले सरकारले व्यवस्थित र राम्रो तयारी गरेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको महसुस भएको उल्लेख गरेका थिए।

तर यस वर्ष भने अध्यक्ष प्रचण्डसहित नेकपाका शीर्ष नेताहरुले कुनै धारणा नराखी नीति तथा कार्यक्रम पारित भएको छ।

प्रधानमन्त्री केपीशर्मा ओलीसँग नेकपा अध्यक्ष प्रचण्डसहित दुवै वरिष्ठ नेता रुष्ट छन्। सरकारको नीति तथा कार्यक्रमको नेकपाका शीर्ष नेताहरुमध्ये संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेकपाका महासचिव विष्णु पौडेलले मात्र प्रतिरक्षा गरे।

प्रधानमन्त्री केपीशर्मा ओलीको कार्यशैलीमा पछिल्लो समय संसदभित्र सत्तारुढ नेकपाकै सांसदहरुले प्रतिपक्षको शैलीमा प्रश्न उठाउने गरेका छन्।

नेकपाका नेता भीम रावलले सरकारले एमसिसी जस्केलाबाट छिराउन खोजेएको आरोप लगाए। नीति तथा कार्यक्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले त्यसको खण्डन गरे। उनले जस्केलाबाट नभई मूल ढोकाबाटै ट्रान्समिसन लाइनको व्यवस्था आएको उल्लेख गरे।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नेकपाभित्रको विवादको विषय संसदमा उठाएका थिए। कांग्रेस सांसद प्रदीप गिरीले बेलायतका नेलिब च्याम्बरलिनलाई प्रधानमन्त्रीबाट हटाइएको इतिहास उल्लेख गर्दै पार्टी भित्रैबाट बिदा मागिएको स्मरण गराएका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले पार्टी भित्रको विवादको कुरा गरेनन्। बरु विगतमा कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई हटाएको प्रसङ्ग स्मरण गराए।

नीति तथा कार्यक्रममा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकार पाँच वर्षका लागि बनेको उल्लेख गरे। उनले भने ‘जबकि प्रतिपक्षी दलहरुसँग यतिबेला प्रधानमन्त्री हटाउन आवश्यक न त संख्या न त चुनौति दिने हैसियत नै।’

तर प्रधानमन्त्री ओलीले सरकारको आयु तोकेर सत्तारुढ नेकपाभित्रै सरकार परिवर्तनका विषयमा उठेका प्रश्नको जवाफ दिने कोशिस गरे।

बिम्ब प्रयोग गर्न माहिर प्रधानमन्त्री ओलीले सरकारको बचाऊमा आँपको उदाहरण दिए।

‘सरकारलाई अलोकप्रिय बनाउने, असन्तुष्टि मात्र पोखेर हिँड्ने। जनतामा भ्रम फैलाउने प्रयासबाट कसैले सफलता प्राप्त गर्दैन’ ओलीले भने, ‘त्यसको रुखमा आँप फलेन, जति लटरम्म भएपनि फलेन भन्ने, आलोचना मात्र गर्ने, अलि चुच्चो, बाङ्गो छ भनेर आलोचना गरेको भरमा जनताले पत्याउँछ र? आफै आँप लगाएर फलाउनुभयो भने पत्याउँछ।’

प्रधानमन्त्री ओलीले आँपको बिम्ब प्रयोग गर्दा नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजाल सत्तापक्षका नेताहरु तर्फ फर्किएर हाँसेका थिए।

‘पछिको कुरा नगरौँ। हालका लागि यो सरकार पाँच वर्षका लागि हो’ ओलीले भने, ‘पछिको कुरा भनेर मान्छे झस्काउने, चस्काउने नपारौँ।’

त्यसो त प्रधानमन्त्री ओलीले आफ्नो सरकार अल्प अवधिका लागि नभएको बताउँदा सत्तारुढ नेकपाभित्रका ओली पक्षीय सांसदहरुले मात्रै टेबल ठटाए।

प्रतिनिधिको बहुमतले मंगलबार सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ।

Football news:

Klopp wants to work for the German national team. The DFB is also Interested in it
Cadiz, who retired, will sign Negredo
Zaa from crystal Palace showed racist threats from the instagram account. The police detained a 12-year-old (!) schoolboy
Ole Gunnar Solskjaer: no One wins alone, unless you're Maradona
Ocampos on Messi: you Look at him as a God, but he is real. Leo helps the players
Solskjaer on the martial-Rashford-Greenwood trio: Nothing new for Manchester United. Remember Ronaldo, Rooney and Tevez?
Josep Bartomeu: Barcelona have won La Liga 8 times in 11 years. Historic achievement