Nepal

स्थानीय तहले साल्ट ट्रेडिङसँग किने ११ लाख किलो खाद्यन्न

स्थानीय तहले साल्ट ट्रेडिङसँग किने ११ लाख किलो खाद्यन्न

६ वैशाख, काठमाडौं । सरकारी स्वमित्वको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले राहत वितरणका लागि पालिकाहरुलाई झण्डै ११ लाख किलो खाद्यन्न बिक्री गरेको छ ।

लकडाउनको ५५ औं दिनसम्म दश लाख ८० हजार ६४६ किलो खाद्यन्न बिक्री गरेको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । यस अवधिमा ७८ हजार २१३ किलो नून, ५३ हजार ८८६ लिटर तेल, ६ लाख ८८ हजार ९८० किलो चामल र एक लाख ९ हजार ९ सय ५५ किलो दाल बिक्री भएको जनाइएको छ ।

यस्तै ६८ हजार ती नसय ७० किलो चिउरा, १७ हजार ४ सय किलो चिनी, ४ सय ब्याग पिठो तथा ६३ हजार गोटा साबुन स्थानीय तहहरुले राहातका लागि साल्ट ट्रेडिङसँग खरिद गरेका छन् ।

यस्तै एक सय किलो चिया र पाँच सय ५० किलो मस्यौरा पनि स्थानीय तहहरुले राहतका लागि किनेका छन् । लकडाउन अवधिमा मोबाइल भ्यान तथा बिभिन्न आउटलेटमार्फत खाद्यन्न बिक्री गरेको पनि कम्पनीले जनाएको छ ।

अब दुई हजार दुई सय ७२ मेट्रिकटन चिनी तथा एक लाख ३५ हजार ९ सय ११ मेट्रिकटन नून केन्द्रीय भण्डारणमा बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Football news:

Again, we shake hands with Carlos Tevez 🤝 He will give half a year's salary to the victims of the pandemic
Cesc Fabregas: for me, Messi is the best. He always wants to win
The return matches of the 1/8 final of the Champions League and 6 matches of the Europa League will be held at the stadiums of the host teams
Rivaldo: talking about VAR, Barcelona is trying to distract attention from the real problems of the club
Ribery about the robbery: the Fans and Florence to support me. Fiorentina forever!
Vinicius tested negative for the coronavirus. He will be able to play with Alaves
The tournament-the return of MLS-is still a failure. Spend in Florida (7-11 thousand cases per day), players are afraid of the virus and complain about food