Nepal

सुनसान विमानस्थलमा थन्किएका जहाज (फोटो फिचर)

४ असार, काठमाडौं । दैनिक करीव ४ सय उडान–अवतरण, आकाशमा एक घण्टासम्म जहाज होल्ड, ग्राउण्डमा उकुसमुकस यात्रु, ट्याक्सी र मोटरसाइकलको थामिनसक्नु भीड, त्रिभुवन विमानस्थलमा साविकका यी गतिविधि देख्न नपाएको तीन महिना नाघिसक्यो ।

पछिल्ला दिनमा विदेशमा अड्किएका नेपालीहरुको उद्दारको काम प्रारम्भ भएसँगै केही गतिविधि विमानस्थलमा शुरु भएको छ । तर, खासगरी आन्तरिक उडान र हेलिकप्टर भने विमानस्थलमा थन्किएर बसेका छन् ।

त्रिभुवन विमानस्थलमा उडान–अवतरण छिट्टै शुरु हुने अनुमानसहित पूर्वाधारको सबै तयारी गरिएको छ । तर, सरकारले पछिल्लो पटक थप २१ दिनसम्म सबै व्यवसायिक हवाई उडान–अवतरणमाथि प्रतिबन्ध लगाएपछि जहाजहरु विमानस्थलमा घाम ताप्न बाध्य भएका हुन् ।

यसले एकातर्फ विमानस्थलको आम्दानी गुमेको छ भने अर्कोतर्फ एयरलाइन्स कम्पनीले समेत दैनिक करोडौं रुपैयाँको व्यापार गुमाइरहेका छन् ।

एयरलाइन्स कम्पनी र विमानस्थल भने विश्व स्वास्थ्य संगठन र नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको सुरक्षा मापदण्ड कायम गरी उडान अवतरण सञ्चालन गर्न तयारी अवस्थामा छन् । नेपालमा डेढ दर्जन वायुसेवा कम्पनीले हेलिकप्टर तथा नियमित हवाई सेवा उपलब्ध गराउँछन् ।

त्यसपछि लकडाउनको बीचमा अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले मात्र चार्टर्ड उडानमार्फत केही व्यापार प्राप्त गरेका छन् । आन्तरिक उडानका जहाज भने थन्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Football news:

Ronaldo scored his 27th goal in Serie A, converting a penalty in the game against Atalanta. Immobile has 29 balls
Sterling scored 27 goals for the season and broke his record. He scored a hat-trick against Brighton
Three Atalanta players have scored 15+ goals in the Serie A season. This is the best result since 1952
Setien on the title fight: Barcelona does everything possible, but Real Madrid wins all the matches
Lampard after 0:3 with Sheffield: Chelsea must fight for the top 4. I've learned a lot
Simone Inzaghi: Scudetto for Lazio-a place in the Champions League. Talk of winning Serie A was exaggerated
Player the Premier League has admitted that he is gay anonymously. The letter was sent to the newspaper by the Foundation named after a football player who committed suicide after coming out