Nepal

त्रिभुवन विमानस्थलमा बिहीबारमात्रै भए १४ उडान–अवतरण

४ जेठ, काठमाडौं । नेपाली नागरिकलाई विदेशबाट नेपाल ल्याउने अभियान प्रारम्भ भएसँगै काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा व्यस्तता बढेको छ । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार बिहीबारमात्र आन्तरिक र वाह्य गरी कुल १४ वटा उडान–अवतरण भएका छन् ।

जसमा हिमालय एयरलाइन्सले मलेसियाबाट ११७ जना नेपालीलाई काठमाडौं ल्याएको छ । यो जहाज मलेसिया उड्ने क्रममा १ जना नेपाली र १५ विदेशी गरी १६ जना यात्रु बोकेर उडेको थियो । बिहीबार नै जजीरा एयर र सलाम एयरले कुवेत र ओमानबाट क्रमशः १५० र १४६ जना नेपालीलाई लिएर काठमाडौं आएका छन् ।

कतार एयरवेजोहाबाट नेपाल आउँदा एक जना नेपालीलाई लिएर आएको थियो । उसले नेपालमा रहेका २६३ जना विदेशीलाई बोकेर गएको छ । आज साँझ हिमालय एयरलाइन्स ७ः१५ मा दमाम जाँदैछ ।

नेपाल एयरलाइन्स भने ९ बजे दुबई जाने कार्यक्रम रहेकोछ । प्रस्थान गर्ने क्रममा हिमालय एयरलाइन्सले चार जना नेपालीलाई दमाम लैजादै छ । यी दुई उडान शुक्रबार बिहान क्रमशः साढे ६ र ७ बजे काठमाडौं उत्रने भएका छन् ।

आन्तरिकतर्फ तारा एयरले काठमाडौंबाट विराटनगर उडान गरेको छ । यो उडानबाट ११ जनाको कोभिड अपरेशन टीम विराटनगर गएको छ । सिम्रिक एयर जाजरकोटबाट ४ जना यात्रु बोकेर काठमाडौं आएको छ । सिता एयर नाइट स्टपका लागि सिमकोटबाट काठमाडौं आएको छ ।

एयर डाइनेस्टीले बेसिशहरबाट घाइते लिएर काठमाडौं आएको छ । बुद्ध एयरले राजविराजका लागि पीपीसी फ्लाइट गरेको छ । यस्तो उडान पाइलटको लाइसेन्स रिन्यूका लागि हुने गर्छ । मनाङ एयरले सोलुखुम्बुबाट ७ जना यात्रु बोकेर काठमाडौं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Football news:

Andujar Oliver on deletions: Fati went too far in the foot, and the foul on the Peak was even more dangerous, perhaps
Atalanta extended the winning streak to 11 matches, beating Sampdoria-2:0
Milner played his 536th game in the Premier League and was ranked in the top 5 of the League in games played
Barca midfielder Fati is removed in the Derby with Espanyol. He spent 5 minutes on the field
Suarez scored 195 goals for Barcelona and finished third in the club's top scorer list
Daniele de Rossi: People call Messi cowardly, but they are afraid to ask their wives for a remote control from the TV
Daniele de Rossi: Ronaldo is comparable to Messi in goals and trophies, but Leo's game is more fun