Nepal

विदेशबाट नागरिक ल्याउन सातै प्रदेशमा ‘फोकल पर्सन’ तोकिए

६ जेठ, काठमाडौं । सरकारले वैदेशिक रोजागारीका सिलसिलामा विभिन्न देशमा रहेका र कोरोना महाकारीका कारण अलपत्र परेकाहरुलाई स्वदेश फर्काउने भएको छ ।

विभिन्न देशमा रहेका नेपालीलाई कसरी उद्धार गरेर ल्याउने भन्ने बारेमा विभिन्न चरणमा छलफलपछि कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कार्यविधि बनाउने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको उच्चस्तरिय समितिको बैठकमा भारतसहित तेस्रो मुलुकबाट आउनेहरुको व्यवस्थापनका विधिका बारेमा छलफल भएको हो । कार्यविधि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तयार पार्नेछ ।

सरकारले विदेशबाट फर्किनेहरुको व्यववस्थापन गर्न सातै प्रदेशमा एक–एकजना संघीय सरकारका मन्त्रीहरुलाई ‘फोकल पर्सन’ तोकेको छ । उनीहरुले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्नेछन् । भारत बाहेक नै करीव ६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरिएको छ ।

संघीय सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङलाई संयोजकको जिम्मेवारी दिएको छ । त्यस्तै प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतिमा महिला वालवालिकामन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टले संयोजन गर्नेछन् ।

कार्यविधि बनाएर क्याबिनेटमा पेस गरिने

सबै पक्षका सुझावहरु लिएर विदेशबाट फर्काउने र त्यसपछिको व्यवस्थापन गर्ने सम्बन्धमा कार्यविधि बनाएर मन्त्रिपरिषद बैठकमा पेश गरिने महिला वालिवालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताए ।

भारतबाट आउनेका कारण कोरोना संक्रमण तीब्र भइरहेका बेला थप मान्छेलाई कसरी भित्र्याउने र कहाँ राख्ने भन्नेबारेमा पनि कार्यविधि बनाइने भएको छ । त्यस्तै खाडी लगायत तेस्रो मुलुकबाट नेपालीलाई फर्काउँदा सम्बन्धित देशमा कोरोना संक्रमित नभएको कागजात पेश गर्नुपर्नेछ । संक्रमित व्यक्तिलाई सम्बन्धित देशले नै पठाउन मिल्दैन ।

अहिले आउन चाहने सबैलाई ल्याउन सम्भव नभएको प्रधानमन्त्रीले संसदमै बताइसकेका छन् । सरकारले सम्बन्धित देशका दूतावास र एजेन्सीहरुमार्फत लकडाउनका कारण रोजगारी गुमाएर अलपत्र परेका, अशक्त अवस्थामा पुगेका तथा अन्य समस्यामा परेकालाई पहिलो चरणमा उद्दार गर्ने भएको छ ।

उद्धार कुन बिधिबाट गर्ने भन्ने निर्णय भइसकेको छैन । नेपाल एयरलाइन्स लगायत अन्य नेपालका बिमान कम्पनीले उद्धार गरेर ल्याउने एउटा विकल्प छ । अर्को विकल्प कतिपय देशले नेपालले चाहेको खण्डमा नेपाली नागरिकलाई आफैंले विमानबाट पठाउने अनौपचारिक प्रस्तावसमेत पठाएका छन् । यसमा पनि छलफल भइरहेको एक मन्त्रीले बताए ।

स्वदेश फिर्तीसम्बन्धी कार्ययोजना र कार्यविधि मन्त्रिपरिषदबाट पारित भएपछि प्राथमिकताका आधारमा नेपालीलाई स्वदेश फर्काइने गुरुङले बताए । स्वदेश ल्याउने सुरक्षाका विधि, ल्याइसकेपछि क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने व्यवस्था र त्यसपछि सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर घर पठाउने लगायतका विषयमा कार्यविधि बन्दैछ ।

Football news:

Avangard congratulated Zenit with the title: it's Time to match and take the Gagarin Cup
Coach of Orenburg Pro 0:1 with Rubin: Morally devastated, could have drawn
Kike Setien: Griezmann played a great match, understood Messi well, scored a great goal. We changed something
Barca President on the Real Madrid match: VAR always favours one team. I have an unpleasant feeling
Faty scored the 9,000 th goal in the history of Barcelona
Griezmann scored in La Liga for the first time since February with a pass from Messi
Suarez came out on the 3rd place in the list of the best Barca Goalscorers in history