logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo
star Bookmark: Tag Tag Tag Tag Tag
Nepal

वर्षा र बाढीले तरकारीको भाउ बढ्यो

लगातारको वर्षा र खोला तथा नदीमा आएको बाढीका कारण दाङमा तरकारीको भाउ बढेको व्यवसायीहरूले बताएका छन्।

बजारमा तरकारीको भाउ झरी सुरू भएपछि ह्वात्तै बढेको तुलसीपुर तरकारी बजारका अध्यक्ष झुपलाल खड्काले बताए।

‘जब पानी पर्न थाल्यो त्यसपछि बजारमा गाउँघरबाट तरकारी आउन छाड्यो,’ खड्काले भने ‘लगातारको वर्षाले नदी र खोला बढेपछि स्थानीय  तरकारी आएकै छैन।’

पानी पर्दा गाउँघरको सडकखण्ड हिलाम्मे हुने तथा त्यस्तो सडकमा गाडी सञ्चालन गर्न समेत कठिन हुने हुँदा स्थानीय किसानले  खेतबारीमा उत्पादन गरेको तरकारी बजारसम्म ल्याउन नसकेको अध्यक्ष खड्काले बताए।

किसान पनि खेतीपातीमा अलमलिने समय भएको हुँदा वर्षा सुरू भएपछि बजारमा स्थानीय तरकारी आउने क्रम रोकिएको उनले जानकारी दिए।

‘मौसममा आएका परिवर्तनका कारण गाउँ घरबाट तरकारी आउनै छोड्यो,’ अध्यक्ष खड्काले भने, ‘त्यसले बजारमा तरकारीको अभाव भएको छ र मूल्य पनि त्यही तरिकाले बढ्दै गएको छ।’

राम्रो बाटो नहुँदा स्थानीय किसानले उत्पादन गरेको तरकारी गाउँघरबाट आउन छोडेपछि सल्यानको कपुरकोट बजार र चितवन जिल्लाबाट समेत तरकारी खरिद गरेर ल्याउँदा महँगो हुन पुगेको अध्यक्ष खड्काले बताए।

सल्यानको कपुरकोट बजारबाट आजकल दैनिक एक करोडको तरकारी तुलसीपुर बजारमा भित्रने गरेको अध्यक्ष खड्काले बताए।

वर्षा सुरू भएपछि रोल्पाको त्रिवेणी गाउँपालिका र सल्यानको कपुरकोट गाउँपालिकामा उत्पादित तरकारीले तुलसीपुर बजार धान्दै आएको अध्यक्ष खड्काले जानकारी दिए।

त्यसैगरी, उनले चितवनबाट समेत मासिक एक करोड बराबरको तरकारी तुलसीपुरमा आउने गरेको जानकारी दिए।

‘त्यति टाढाबाट तरकारी यहाँ ल्याउँदा ढुवानी खर्चका कारण महँगो पर्न गएको हो। यसले हामी जस्ता व्यापारी र उपभोक्ता समेत मर्कामा परेका छौं,’ अध्यक्ष खड्काले भने।

अध्यक्ष खड्काका अनुसार वर्षा सुरू भएपछि केही दिनको अन्तरालमै तरकारीको भाउ २० देखि ५० प्रतिशतसम्म बढेको जानकारी दिए। हप्तादिन अगाडिसम्म प्रति किलो फुटकर ३० देखि ४० रुपैयाँमा किन्न मिल्ने टमाटर ८० रुपैयाँ, आलु २५ देखि ३० रुपैयाँमा पाइने आलु किलोको ४० रुपैयाँ, ३० देखि ४० रुपैयाँमा पाइने करेला ७० देखि ८० प्रति किलो, एक किलोको ३५ देखि ४० रुपैयाँ फूलगोभी ८० देखि ८५ रुपैयाँ, ३५ देखि ४० रुपैयाँमा किन्न मिल्ने भिन्डी एक किलोको ८० देखि ९० रुपैयाँ, बोडी प्रतिकिलोको खुद्रा मूल्य ९० देखि १०० रुपैयाँसम्म पुगेको छ।

बन्दागोभीको भाउ भने स्थिर छ। प्रतिकिलो गोभी आइतबार ३० देखि ४० रुपैयाँमा किनमेल भइरहेको तुलसीपुर तरकारी बजारका एक अर्का व्यापारी नारायण वलीले जानकारी दिए।

हरियो खुर्सानीको भाउ भने अप्रत्यासित रूपमा बढेको छ।

एक हप्ता अगाडि किलोको ६० देखि ७० रुपैयाँ रहेकोमा हाल प्रतिकिलो १५० र त्यो भन्दामाथि पुगेको वलीले जानकारी दिए।

All rights and copyright belongs to author:
Themes
ICO